
फाइल तस्बिर ।
काठमाडौं, भदौ ४ :
प्रतिनिधिसभामा आज (बुधबार)का लागि तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ। प्रधानमन्त्री बिरामी भएका कारण संसद् बैठकमा उपस्थित हुन नसक्ने भएकाले कार्यक्रम स्थगित गरिएको हो।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्री उपस्थित हुन नसक्ने जानकारी गराएका हुन्। बर्तौलाले भने, ‘स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्री आजको संसद् बैठकमा उपस्थित हुन सक्नु हुन्न।’
प्रत्येक महिनाजसो प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न कार्यक्रम सञ्चालन हुँदै आएको छ। यस्तो कार्यक्रमले प्रधानमन्त्री र सांसदहरुबीचको अविश्वास मेट्ने दाबी गरिएको छ ।