आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
खेलकुद क्रिकेट

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुने

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार प्रतियोगिता मंसिर २७ गतेसम्म चल्नेछ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ५ भदौ, २०८२ मा प्रकाशित
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुने
काठमाडौं, भदौ ५ :

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक कार्यक्रममार्फत प्रतियोगिताको मिति घोषणा गरेको हो। 

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार प्रतियोगिता मंसिर १ गतेदेखि २७ गतेसम्म चल्नेछ। पहिलो संस्करण जस्तै यसपटकको खेल पनि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमै आयोजना गरिनेछ।

गत संस्करण २०८१ सालको मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन गरिएको थियो। उक्त प्रतियोगिताको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। 

यसपटकको संस्करणमा पनि उत्साहजनक सहभागिता र प्रतिस्पर्धात्मक खेलको अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार