बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

चित्रबहादुर केसी भन्छन्- लिपुलेक हाम्रै हो, भारत र चीनबीचको सहमति तत्काल खारेज हुनुपर्छ

कालापानीको विषय अन्तर्राष्ट्रियकरण गर्न माग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ५ भदौ, २०८२ मा प्रकाशित
चित्रबहादुर केसी भन्छन्- लिपुलेक हाम्रै हो, भारत र चीनबीचको सहमति तत्काल खारेज हुनुपर्छ
फाइल तस्बिर ।
काठमाडौं, भदौ ५ :

राष्ट्रिय जनमोर्चाले लिपुलेक नेपालको भूभाग भएको भन्दै भारत र चीनलाई नेपालको सार्वभौमिकता स्वीकार गर्न आग्रह गरेको छ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै चीन र भारतबीच लिपुलेकसम्बन्धी भएको सहमति खारेज गर्न माग गरेका छन्। उनले नेपाल सरकारलाई पनि यस विषयमा कडा रुपमा बोल्न भनेका छन्।

उनले भनेका छन्, ‘लिपुलेक हाम्रो हो भन्ने कुरा स्पष्ट छ। भारत र चीनले आपसमा गरेको सहमति तत्काल खारेज हुनुपर्छ।’

यस्तै, उनले कालापानी क्षेत्रमा भारतले गरेको कब्जालाई अन्तर्राष्ट्रिय तहमा उठाउन पनि सरकारलाई माग गरेका छन्।

जनमोर्चाले सरकारलाई छिटो कदम चाल्न र सबै नेपालीलाई देशको भू–अखण्डता र सार्वभौमिकताको पक्षमा एकजुट हुन अपिल गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार