दोलखा, भदौ ३१ :
दोलखाको गौरीशंकर गाउँपालिका– ४ झ्याकुमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।
आइतबार बेलुकी बोलेरो दुर्घटना भएको हो । दुर्घटनामा गौरीशंकर गाउँपालिका- ३ की ७५ वर्षीय काली शेर्पा र सोही ठाउँ बस्ने ६० वर्षीय पसी शेर्पाको मृत्यु भएको हो ।
सो दुर्घटनामा ४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
दुर्घटनामा सोही ठाउँ बस्ने चालक ३५ वर्षीय मिङमार तामाङ, बोलेरोमा सवार ३५ वर्षीय निङमा शेर्पा, ६५ वर्षीय अनसु शेर्पा र २२ वर्षी डोम्म शेर्पा घाइते भएका छन् ।