काठमाडौं, भदौ ६ :

अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज  नेपाल र  पाकिस्तानबीच खेल हुदै हुँदैछ ।

शृङ्खला अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।  

खेल नेपाली समयअनुसार अपराह्न ३:१५ बजे सुरु हुनेछ ।

शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नै पर्ने दबाब छ ।