बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति अर्थतन्त्र

ठुला भौतिक पूर्वाधारले विकासको नयाँ ढोका खोल्छ : अर्थमन्त्री

वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ भदौ, २०८२ मा प्रकाशित
ठुला भौतिक पूर्वाधारले विकासको नयाँ ढोका खोल्छ : अर्थमन्त्री
काठमाडौं, भदौ ६ :

वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ संघीय संसदको प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकले विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । संसद्‌मा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयकले नेपालमा ठुला भौतिक पूर्वाधारको विकासका लागि नयाँ ढोका खोल्ने बताए ।

अर्थमन्त्री पौडेलले विधेयकले नेपालको विकासको आवश्यकतालाई सम्बोधन गर्ने भन्दै विधेयक छिटो पारित गरेर संसद्‌ले छोटो समयमा पनि महत्त्वपूर्ण काम गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको बताए ।

विधेयकमाथिको छलफलमा भाग लिँदै प्रतिपक्षी दलका सांसदहरुले समेत नवीन अवधारणा भन्दै विधेयकको प्रशंसा गर्दै  सरकारलाई धन्यवाद दिएका थिए ।

संसद्‌को अर्थ समितिमा छलफल सम्पन्न भएपछि विधेयकलाई प्रतिनिधिमासभामा पेस गरिएको थियो । वैकल्पिक स्रोत जुटाएर धेरै प्रतिफल दिने ठुला पूर्वाधारका आयोजनामा लगानी गर्ने विधेयकको मुख्य उद्देश्य छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार