बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार मधेस प्रदेश

२६ वर्षीया रुबीकुमारीको शव सुटकेसमा भेटिएपछि...

स्थानीय बासिन्दाका अनुसार रुबीको विवाह भारतको मजफरपुरमा भएको हो । अहिले उनी माइतीघरमा बस्दै आएकी थिइन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ८ भदौ, २०८२ मा प्रकाशित
२६ वर्षीया रुबीकुमारीको शव सुटकेसमा भेटिएपछि...
रौतहट, भदौ ८ :

रौतहटको गौर-सिरसिया खण्डमा पर्ने गौर नगरपालिका ९ स्थित दिव्यज्योति स्कुलको गेटनजिकै २६ वर्षीया रुबीकुमारी साहको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार माधवनारायण नगरपालिका २, महादेवपट्टी माइत भएकी रुबीकुमारीको शव भेटिएको हो ।

स्थानीय बासिन्दाले शनिबार राति नै शंकास्पद अवस्थामा ठुलो सुटकेस देखेर प्रहरीलाई खबर गरेका थिए । सुटकेस भने आइतबार बिहान मात्रै खोलिएको हो । ‘रातभर हामीले घटनास्थल सुरक्षित राख्यौं । बिहान मेरो कमान्डमा खटिएको टोलीले सुटकेस खोलेर हेर्दा त्यसभित्र शव रहेछ,’ डीएसपी कार्कीले भने । उनका अनुसार हत्या कसले र किन गरेको खुलिसकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

स्थानीय बासिन्दाका अनुसार रुबीको विवाह भारतको मजफरपुरमा भएको हो । अहिले उनी माइतीघरमा बस्दै आएकी थिइन् । रुबी र उनको पतिको सम्बन्धका विषयमा विस्तृत खुलेको छैन । रुबीको शव परीक्षणका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार