नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थी आन सुआन र प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा आइतबार उनीहरुबीच शिष्टाचार भेट भएको ओलीको सचिवालयले जनाएको छ ।
यसअघि उपराष्ट्रपति सुआनसँग नेपाली समकक्षी रामसहायप्रसाद यादवसँग भेटवार्ता भएको थियो । यो द्विपक्षीय बैठकमा व्यापार, लगानी, पर्यटन, जलविद्युत, डिजिटल रूपान्तरण र सांस्कृतिक सहकार्यका विविध पक्षमा गहिरो छलफल गरिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।