काठमाण्डौँ , असोज १ :

विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय एक दिवसीय क्रिकेट शृङ्खला आज क्यानडामा शुरु हुँदैछ ।

शृङ्खलामा नेपाल, क्यानडा र ओमानबीच खेल हुदै छ । आजको उद्‌घाटन खेलमा नेपालले घरेलु टोली क्यानडासँग खेल्दैछ । 

नेपालले दोस्रो खेल पर्सि असोज  २ गते ओमानसँग, तेस्रो खेल असोज ६ गते क्यानडासँग र चौथो खेल असोज ८ गते ओमानसँग खेल्ने तालिका रहेको छ।

खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुने छन् ।