काठमाडौं, भदौ १० :

व्यावसायिक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा एक अमेरिकी पक्राउ परेका छन् ।

अध्यागमन विभागले आज (मंगलबार) इसाई धर्म प्रचारक डानियल कर्नीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

विभागका अनुसार उनले इसाई धर्मको प्रचार गरेको देखिएको छ । उनीमाथि थप सोधपुछ कार्य भइरहेको विभागले जनाएको छ ।