आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
मनाेरञ्जन

‘कन्यादान’ बन्ने, विधवाको जीवनमा दोस्रो अवसरको कथा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १० भदौ, २०८२ मा प्रकाशित
‘कन्यादान’ बन्ने, विधवाको जीवनमा दोस्रो अवसरको कथा
काठमाडौं, भदौ १० :

यसअघि ‘रङ्गेली’ चलचित्र निर्देशन गरेका तथा चाँडै प्रदर्शनमा आउन लागेको चलचित्र ‘सोल्टिनी’का निर्देशक अर्जुन सुवेदीले आफ्नो नयाँ चलचित्र ‘कन्यादान’ निर्माण गर्ने घोषणा गरेका छन् । सामाजिक संवेदनशील विषयलाई केन्द्रमा राखेर निर्माण हुने यस चलचित्रले विधवा महिलाको जीवन र समाजले दिने चुनौतीलाई पर्दामा उतार्ने तयारी गरेको छ ।

चलचित्रको सार ‘हरेक विधवाले दोस्रो अवसर पाउनुपर्छ’ भन्ने रहेको निर्देशक सुवेदीले बताए । उनका अनुसार समाजका कडाइ र परम्परागत मान्यतालाई चुनौती दिँदै दोस्रो ‘कन्यादान’ प्राप्त गरी पुनः प्रेम र जीवन जिउने अधिकार दिने प्रसङ्ग यसमा देखाइनेछ ।

यसको लेखन कुमार भट्टराई र अर्जुन सुवेदीले मिलेर गरेका हुन् । चलचित्रलाई आगामी वर्ष रिलिज गर्ने लक्ष्य लिइएको छ । चलचित्र निर्माणमा प्लानेट थ्री फिल्म्स मुख्य निर्माण संस्था रहनेछ भने शुभकाशा पिक्चर्स र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ ।

चलचित्रको प्रस्तुतकर्तामा रेजिना विष्ट, कार्यकारी निर्मातामा मार्टिन ओली, छायाङ्कन निर्देशनमा सुशन प्रजापति, संगीतकारमा प्रशान्त शिवाकोटी, प्रोजेक्ट हेडमा सुजन खतिवडा, पोस्टर तथा पब्लिसिटी डिजाइनमा रोयल भीमसेन र डिजिटल वितरणमा ओएसआर डिजिटल रहनेछन् ।

यसअघि ‘कन्यादान’ शीर्षकमा चलचित्र बने पनि सुवेदीले निर्देशन गर्ने ‘कन्यादान’ भने नयाँ कथामा बन्नेछ । घोषणासँगै सार्वजनिक गरिएको पोस्टर कन्सेप्च्युअल डिजाइनमा आधारित छ । पोस्टरमा देखाइएको महिलाको साङ्केतिक तस्बिरले समाजमा विधवाले भोग्ने मौन पीडा र पुनः जीवनप्रतिको चाहना दुवैलाई प्रतिबिम्बित गर्छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार