बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
खेलकुद फुटबल

साफ यू-१७ महिला च्याम्पियनसिप : उपाधि होडबाट नेपाल बाहिरियो

बंगलादेशसँग लगातार दोस्रो हार
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ११ भदौ, २०८२ मा प्रकाशित
साफ यू-१७ महिला च्याम्पियनसिप : उपाधि होडबाट नेपाल बाहिरियो
काठमाडौं, भदौ ११ :

भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ४-१ ले पराजित हुँदै उपाधि होडबाट बाहिरिएको छ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा बुधबार सम्पन्न खेलमा बंगलादेशका लागि सोरभी अखण्ड प्रीतिले ह्याट्रिक गरिन् ।

खेलको पहिलो हाफमा बंगलादेशले ३८औं र ४५औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। इन्जुरी समयमा नेपालले एक गोल फर्काए पनि दोस्रो हाफमा थप दुई गोल खाँदै ४-१ को हार बेहोर्न पुग्यो।

यसअघि नेपाल भारतसँग ७-० को फराकिलो हार र भुटानसँग २-१ को जितपछि बंगलादेशसँग फेरि ३-० ले पराजित भएको थियो।

चार देश सहभागी लिग चरणको प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्ने प्रावधान रहेको छ। बाँकी खेलमा नेपालले भारत र भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार