बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
खेलकुद क्रिकेट

असमसँगको पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १२ भदौ, २०८२ मा प्रकाशित
असमसँगको पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ पराजित
गुवाहाटी, भदौ १२ :

टी–२० श्रृङ्खलाअन्तर्गत भारतको असमबीच भएको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ ।

भारतको गुवाहाटीमा आज भएको खेलमा नेपाल ‘ए’ असमसँग १५ रनले पराजित भएको हो । असमले प्रस्तुत गरेको एक सय ९१ रनको लक्ष्य पछयाएको  नेपालले आठ ओभरमा तीन विकेट गुमाउँदै ६४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । 

त्यसपछि खेल खेलाउन सम्भव नभएपछि असमलाई डक वर्थ लेविस (डिएसएल) नियमका आधारमा विजेता घोषणा गरिएको हो । खेल रोकिनुअघि नेपाल ‘ए’ का शुभ कङ्साकार ३३ तथा सन्दीप जोरा दुई रन बनाएर खेलिरहेका थिए । यसैगरी कप्तान अनिलकुमार साहले २०, पवन सर्राफले ६ र इशान पाण्डेले एक रन बनाए ।

बलिङतर्फ असमका मरिनमोय दत्त र आकाश सेनगुप्ताले एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको असमले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ९० रन बनायो ।

असमका लागि सुमित घाडीगाँउकरले ३४, अभिनव चौधरीले २६, आकाश सेनगुप्ताले अविजित २४, रोहित शेनले २४, सुमित कश्यपले २२, साहिल जैनले १७ तथा अविलश गोगोइ र आयुशमान मालाकारले समान १३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि आकाश चन्दले तीन, सागर ढकाल र विवेककुमार यादवले दुई÷दुई तथा आदिल आलम अन्सारीले एक विकेट लिए । पाँच खेलको शृङ्खलामा नेपाल १–० ले पछि परेको छ । शृङ्खलाको दोस्रो खेल शुक्रबार हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार