
काठमाडौं, भदौ १५ :
नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ।
दुई दिनसम्म चल्ने बैठकमा पार्टीको विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगमा विवरण अध्यावधिक लगायत उपनिर्वाचनका विषयमा छलफल हुने जनाइएको छ।
बैठकमा केन्द्रीय सदस्यहरूसँगै संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित पार्टी प्रतिनिधिहरूको सहभागिता छ। तर, पार्टी संरक्षक रेशम चौधरी पक्ष भने बैठकमा अनुपस्थित रहेको छ।
बैठक स्थलमा राखिएको व्यानरमा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीको तस्वीर एउटै व्यानरमा देखिएको छ। यद्यपि, चौधरी पक्ष भने औपचारिक रूपमा सहभागि देखिएको छैन।