बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ #ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ
समाचार

इन्द्रजात्राको लिङ्गो साइतअनुसार नगर प्रवेश गराइयो

लिङ्गो घिसारेर वसन्तपुर दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअघि राख्नुलाई नगर प्रवेश गराउनु भनिन्छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १५ भदौ, २०८२ मा प्रकाशित
इन्द्रजात्राको लिङ्गो साइतअनुसार नगर प्रवेश गराइयो
काठमाडौं, भदौ १५ :

इन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार आज बिहान ९:५२ बजे इन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइएको गुठी संस्थानले जनाएको छ । 
 
भोटेबहालबाट इन्द्रजात्राको लिङ्गो घिसारेर वसन्तपुर दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअघि लगी राख्नुलाई नगर प्रवेश गराउनु भनिन्छ । इन्द्रजात्राको लिङ्गो नगर प्रवेशका लागि घिसार्नेलगायत काममा परम्परादेखि मानन्धर समुदाय सक्रिय हुने गरेकाले सोहीअनुसार नगर प्रवेश गराइएको संस्थान काठमाडौँ शाखा कार्यालयका प्रमुख लक्षुणा शर्माले जानकारी दिए । 

भाद्र शुक्ल द्वितीयाको राति भक्तपुरस्थित चित्तपोल सामुदायिक वनमा काटिएको सल्लाको रुख त्यसको भोलिपल्ट घिसार्दै भोटाहिटीमा ल्याई राखिएको थियो । इन्द्रजात्राको लिङ्गोका लागि ल्याइएको त्यही सल्लाको रुखलाई आज भोटाहिटीबाट नगर प्रवेश गराइएको संस्थान केन्द्रीय कार्यालयका सहायक इञ्जिनीयर भीमप्रसाद अधिकारीले जानकारी दिए।

सोही लिङ्गो भदौ १९ गते भाद्र शुक्ल द्वादशीको बिहान १०:३१ बजे इन्द्रध्वजोत्थान अर्थात् लिङ्गो उठाउने गरिन्छ । बाँस, डोरीलगायत सामग्रीको सहायताले इन्द्रध्वजोत्थान गरिन्छ । इन्द्रध्वज र पताकासहित तान्त्रिक विधिले इन्द्रध्वजोत्थान गरिन्छ ।

इन्द्रध्वजोत्थान गरेपछि भाद्र शुक्ल चतुर्दशीअर्थात् अनन्त चतुर्दशीका दिन राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्ट व्यक्तित्वको उपस्थितिमा कुमारी, गणेश र भैरवको यात्रा गराइन्छ । यो दिन इन्द्रजात्राको मुख्य दिन हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार