काठमाडौं, भदौ १८ :

नेकपा (एमाले) को विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २० गते महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनमा कुल २ हजार ३४१ प्रतिनिधि सहभागी हुने जानकारी दिए । तीमध्ये २ हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजकका हैसियतमा रहनेछन् ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ महाधिवेशन आयोजना गरिएको गौतमले बताए । 

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् भने उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रस्ताव पेस गर्ने कार्यक्रम छ ।