
फाइल तस्बिर ।
काठमाडौं, भदौ २० :
संघीय संसद्को संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित हुने पक्का भएको छ। समितिको शुक्रबार साँझ ५:१५ बजे बस्ने बैठकमा उनलाई सर्वसम्मत सभापति घोषणा गर्ने तयारी भइरहेको छ।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार खतिवडाको मात्रै उम्मेदवारी परेको हुँदा, उनी निर्विरोध निर्वाचित हुने निश्चित भएको हो।
यसअघि खतिवडा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापति थिए। निजामती सेवा सम्बन्धी विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ व्यवस्थामाथि छलफल भएपछि उनले उक्त पदबाट राजीनामा दिएका थिए।