काठमाडौं, भदौ २२ :

नेकपा (एमाले) ले आफ्नो पार्टी लोगोको रङ परिवर्तन गरेको छ। पार्टीको ७५ वर्षे इतिहासमा पहिलोपटक हँसिया–हथौडाको परम्परागत सेतो रङ हटाएर सुनौलो बनाइएको छ। अब लोगोमा सुनौलो हँसिया–हथौडा रातो पृष्ठभूमिमा अंकित हुनेछ।

पार्टीको दोस्रो विधान महाधिवेशनले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो। महाधिवेशनमा नयाँ लोगो ‘दृष्टिगत रूपमा सुन्दर र आकर्षक देखिने’ भन्दै परिवर्तन गरिएको बताइएको छ।

यससँगै महाधिवेशनले निर्वाचन आयोगको प्रमुखमा विजय सुब्बालाई पुनः चयन गरेको छ। उपाध्यक्षमा सानुराजा पोखरेल र सचिवमा कुन्साङ लामा सर्वसम्मत निर्वाचित भएका छन्।