बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

ट्रमा सेन्टरमा मृत्यु भएका ५ जनाको सनाखत

इटहरीमा पनि २ जनाको मृत्यु
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ भदौ, २०८२ मा प्रकाशित
ट्रमा सेन्टरमा मृत्यु भएका ५ जनाको सनाखत
काठमाडौं, भदौ २३ :

 जेनजीहरूको आन्दोलनका क्रममा सोमबार काठमाडौंलगायतका विभिन्न स्थानमा भएका प्रदर्शनहरू हिंसात्मक बन्दा मृत्यु हुनेको संख्या बढेको छ।

केन्द्रीय प्रहरी प्रवक्ताको कार्यालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १७ जनाको मृत्यु भएको छ भने अन्य सयौं घाइते भएका छन्। मृतकमध्ये ८ जनाको मृत्यु राष्ट्रिय ट्रमा सेन्टरमा भएको हो।

ट्रमा सेन्टरका अनुसार हालसम्म ८ मध्ये ५ जनाको सनाखत भएको छ। सनाखत हुनेमा ग्लोबल कलेजमा अध्ययनरत भक्तपुरका १९ वर्षीय श्रीयाम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, अन्दाजी २८/२९ वर्षीय गौरव जोशी र सोही उमेरका स्टप अधिकारी रहेका छन्। अन्य तीन मृतकको सनाखत हुन बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ।

ट्रमा सेन्टरका अनुसार ३ जनालाई मृत अवस्थामा ल्याइएको थियो भने बाँकी ५ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

त्यस्तै, प्रदर्शनकै क्रममा पूर्वी नेपालको इटहरीमा पनि २ जनाको मृत्यु भएको पुष्टि भएको छ। देशका विभिन्न सहरहरूमा भइरहेका प्रदर्शनमा अझै पनि तनाव कायमै रहेको र सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।

सुरक्षा अवस्था खतरनाक बन्दै गइरहेका कारण गृह मन्त्रालयले जनतालाई संयमता अपनाउन आग्रह गरेको छ भने आन्दोलनकारी पक्षसँग संवादको प्रयास जारी राखिएको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार