
काठमाडौं, भदौ २४ :
वरपरका क्षेत्रमा निरन्तर आगलागी भइरहेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको हुँदा हवाई सुरक्षा प्रतिकुल बन्दै गएकाले विमानस्थल बन्द गर्न लागिएको स्रोतले जनाएको छ ।अहिले मुख्य गेट नै बन्दै गरेर विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।