काठमाडौं, भदौ २५ :

जेनजी आन्दोलनको क्रममा काठमाडौँ उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूबाट लुटिएका हतियारहरू बुझाउन नेपाली सेनाले आग्रह गरेको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले  एक विज्ञप्ति जारी गर्दै यस्ता हतियारहरूको दुरुपयोग हुने सम्भावना रहेको उल्लेख गर्दै स्वेच्छिक रूपमा बुझाउन सबैलाई आग्रह गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘हातहतियार र गोलाबारुद जस्ता संवेदनशील सामग्रीहरूको अनधिकृत प्रयोग गम्भीर सुरक्षा चुनौती बन्न सक्ने भएकाले समयमै बुझाउनु आवश्यक छ।’

त्यस्तै, प्रदर्शनका क्रममा प्रहरीले प्रयोग गर्ने पोसाक तथा सशस्त्र प्रहरी बलको पोशाक फेला परेको र ती पोसाकहरूको अनधिकृत प्रयोग नगर्न सेनाले अनुरोध गरेको छ।