शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

देउवाको जलेको घरमा खरानी पन्छाउँदै सर्वसाधारण खोज्दैछन् बहुमूल्य सामान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ भदौ, २०८२ मा प्रकाशित
देउवाको जलेको घरमा खरानी पन्छाउँदै सर्वसाधारण खोज्दैछन् बहुमूल्य सामान
काठमाडौं, भदौ २६ :

जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा सर्वसाधारणको भीड लागेको छ।

आन्दोलनकारीले लगाएको आगो  निभिसकेपछि सर्वसाधारण केही हेर्न र केही खोज्न त्यहाँ पुगेका छन् । देउवाको घरमा कुनै महत्त्वपूर्ण वस्तु बाँकी छ कि भन्ने आशामा सर्वसाधारणहरू घरको खरानी पन्छाउँदै खोजतलासमा व्यस्त देखिन्छन्। 

कतिपयले मोबाइल फोन निकालेर फोटो र भिडियो खिचिरहेका छन्, भने केहीले घर वरपरको क्षेत्र हेरेर यो कस्तो आलिसान घर! भन्दै आश्चर्य पनि व्यक्त गरिरहेका छन्। घर जलेको केही दिन भइसक्दासमेत देउवा निवासमा सुरक्षा कडाइ गरिएको छैन। 

जनआक्रोश देउवाको निवासमा खनिएपछि घरमा आगजनी र तोडफोडबाट ठूलो क्षति पुगेको छ। यतिमात्र होइन दोउवा दम्पती पनि आन्दोलनकारीबाट कुटिएका छन् । उनीहरुको अहिले सुरक्षित स्थानमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार