बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ #ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ
समाचार

इन्द्रजात्रा सम्पन्न, कुमारीको रथयात्रा भएन

साइत फेरिएर साँझ ढलाइयो लिङ्गो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ भदौ, २०८२ मा प्रकाशित
इन्द्रजात्रा सम्पन्न, कुमारीको रथयात्रा भएन
काठमाडौं, भदौ २६ :

काठमाडौं उपत्यकाको ऐतिहासिक सांस्कृतिक पर्व इन्द्रजात्रा (येँया) बिहीबार साँझ इन्द्रध्वजापातनसँगै सम्पन्न भएको छ। यस वर्ष देशमा जारी राजनीतिक अस्थिरता र सुरक्षाका कारण अन्तिम दिनको नानीचा याः (कुमारी रथयात्रा) भने स्थगित गरिएको छ।

बिहीबार साँझ ५:३८ बजे शुभ साइतमा हनुमानढोकास्थित बसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको प्रमुख प्रतीक इन्द्रध्वजा (लिङ्गो) विधिपूर्वक ढलाइएको थियो। यससँगै आठ दिन लामो इन्द्रजात्रा विधिवत रूपमा सम्पन्न भएको हो।

परम्परागत रूपमा इन्द्रजात्राको अन्तिम दिन काठमाडौंका तीन जीवित देवी–कुमारी, गणेश र भैरवको रथयात्रा निकालिन्छ। तर यस वर्षको इन्द्रजात्रामा राजनीतिक अशान्ति र सार्वजनिक सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै रथयात्रा नगरी कुमारी घरमै विधिपूर्वक पूजा गरी पर्व समापन गरिएको छ।

साइत फेरिएर साँझ ढलाइयो लिङ्गो

यस वर्ष इन्द्रध्वजापातनको मूल साइत बिहीबार बिहान १०:३२ बजे तोकिएको भए पनि परिस्थिति विश्लेषणपछि साँझ पुनः साइत निर्धारण गरी साँझ ५:३८ मा लिङ्गो ढालिएको हो। रथयात्रा नगरे पनि साँस्कृतिक परम्पराअनुसार भक्तजनहरूको उपस्थितिमा विधिपूर्वक पूजाआजा सम्पन्न गरिएको थियो।

जेनजी आन्दोलनको असर सांस्कृतिक पर्वमा

राजधानीमा पछिल्लो समय देखिएको जेनजी आन्दोलन, हिंसा र कर्फ्युका कारण यस वर्षको इन्द्रजात्रा अपेक्षाकृत शान्त र सीमित उपस्थितिमा सम्पन्न भयो। सुरक्षाको कारण अधिकांश कार्यक्रमहरू संक्षिप्त गरिएका थिए भने प्रशासनले भीडभाड नगर्न अनुरोध गरेको थियो।

इन्द्रजात्रा काठमाडौं उपत्यकामा विशेष गरी नेवार समुदायले धूमधामले मनाउने पर्व हो, जुन शक्ति र वर्षाका देवता इन्द्रको सम्मानमा मनाइन्छ। यो पर्व ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार