
फाइल तस्बिर ।
काठमाडौ, भदौ २७ :
राष्ट्रपति निवासमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे छलफल गर्न आज बिहान ९ बजेका लागि तय गरिएको समय केहि पछिलाई सरेको छ ।
वार्तामा बसेकाहरुले आ–आफ्नो पक्षमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले केही घण्टाका लागि समय सारिएको बताईएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म पनि विभिन्न पक्षसँग छलफल गरेका थिए ।वार्तामा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार कसरी अघि बढ्ने भन्ने बारे चर्चा भएको थियो । छलफल गए राती ३ बजेसम्म चलेको थियो ।
दलहरुले संसद विघटन नगरी नयाँ प्रधानमन्त्री तय गर्नुपर्ने विचार राखेका छन् भने आन्दोलनरत पक्ष जेनजी संसद विघटनको पक्षमा छ ।
संसदको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने संविधानमा व्यवस्था छ ।