सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महासचिव शंकर पोखरेल#नेपाली कांग्रेस#संसदीय समिति गठन गर्न माग#कागेश्वरी मनोहरा नगर अस्पताल#नेपाल आयल निगम#करदाता प्रोत्साहन कार्यक्रम#गौरीशंकर पण्डित#१० लाख रुपैयाँको बम्पर उपहार#‘गेटा विश्वविद्यालय#प्रा#डा सुनिलकुमार जोशी#काठमाडौँले टस जित्यो#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने #महासचिव शंकर पोखरेल#नेपाली कांग्रेस#संसदीय समिति गठन गर्न माग#कागेश्वरी मनोहरा नगर अस्पताल#नेपाल आयल निगम#करदाता प्रोत्साहन कार्यक्रम#गौरीशंकर पण्डित#१० लाख रुपैयाँको बम्पर उपहार#‘गेटा विश्वविद्यालय#प्रा#डा सुनिलकुमार जोशी#काठमाडौँले टस जित्यो#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने
समाचार राजनीति

प्रधानमन्त्री कार्कीद्वारा क्षतिग्रस्त प्रहरी कार्यालयको निरीक्षण

· शनिबार, २८ भदौ, २०८२ मा प्रकाशित
प्रधानमन्त्री कार्कीद्वारा क्षतिग्रस्त प्रहरी कार्यालयको निरीक्षण
काठमाडौं, भदौ २८ :

प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति भएका काठमाडौँका विभिन्न प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गरकी छिन् ।

उनले आज गत भदौ २४ गते आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग कोटेश्वर कार्यालयको अनुगमन तथा निरीक्षण गरेकी हुन्।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक  शेखर खनालले प्रधानमन्त्री कार्कीलाई घटनाबारे जानकारी गराइएको र त्यस क्रममा उनले उच्च मनोबलका साथ काममा फर्कन आग्रह गरेको बताए ।

जेनजी आन्दोलनका क्रममा उपत्यका प्रहरी कार्यालय मातहतका अधिकाशं प्रहरी कार्यालयहरू जलेका छन् ।

प्रधानमन्त्रीसँगै प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलगायत उच्च प्रहरी अधिकारीको सहभागिता रहेको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार