धनुषा, भदौ २९ :

मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले आफ्नो दललाई फिर्ता बोलाएको छ । शनिबार प्रदेश प्रमुखलाई एक पत्र लेख्दै सो पार्टीले यस बारे जानकारी गराएको हो ।

जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले शनिबार मधेस प्रदेश प्रमुखलाई पत्र पठाउँदै समर्थन फिर्ता सहित मुख्य मन्त्री सहित मन्त्रीहरूलाई फिर्ता बोलाएको जानकारी गराएका हुन् ।

पछिल्लो राजनीतिक परिस्थितिका कारण  आन्तरिक निर्णय अनुसार नै मुख्य मन्त्री सहित मन्त्रीहरूलाई सरकाबाट फिर्ता बोलाएको पत्रमा उल्लेख गरिएको छ ।

यसैबिच जेनजी आन्दोलन उग्र बनेको बेला भदौ २४ गते राजीनामा घोषणा गरि सकेका मुख्य मन्त्री सतिश कुमार सिंहले आफूले औपचारिक रूपमा राजीनामा नदिएको दाबी गर्दै पुनः कामकाजमा फर्किने बताएका थिए ।