बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति अर्थतन्त्र

रामेश्वर खनाल अर्थमन्त्री बन्ने पक्का

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ भदौ, २०८२ मा प्रकाशित
रामेश्वर खनाल अर्थमन्त्री बन्ने पक्का
काठमाडौं, भदौ २९ :

पूर्वअर्थसचिव रामेश्वर खनाल नयाँ सरकारमा अर्थमन्त्री बन्ने भएका छन्।  सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारमा खनालले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने करिब निश्चित जस्तै भएको छ।

चुनावी अन्तरिम सरकारलाई सकेसम्म गैरदलीय र निष्पक्ष बनाउने उद्देश्य राखिएकाले राजनीतिक पृष्ठभूमि नभएका विज्ञ व्यक्तिहरूको खोजी भइरहेको छ।

खनालले यसअघि तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग कार्यशैलीमा मतभेद भएपछि अर्थसचिव पदबाट राजीनामा दिएका थिए। लामो समयदेखि अर्थ प्रशासन तथा नीति निर्माणमा सक्रिय भूमिका खेल्दै आएका उनीलाई दक्ष र नीतिगत रूपमा दृढ व्यक्तित्वका रूपमा लिइन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार