बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#विक्रम मिश्री#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक#नगर प्रमुख उपेन्द्र कार्की#सवारीचालक ट्राफिक कारबाहीमा #विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#विक्रम मिश्री#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक#नगर प्रमुख उपेन्द्र कार्की#सवारीचालक ट्राफिक कारबाहीमा
राजनीति

‘आगजनी भएका संरचनाको दसैंअघि नै रङरोगन गरिने’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३० भदौ, २०८२ मा प्रकाशित
‘आगजनी भएका संरचनाको दसैंअघि नै रङरोगन गरिने’
काठमाडौं, भदौ ३० :

सहरी विकासमन्त्री कुलमान घिसिङले आगजनीका कारण कुरुप देखिएका संरचनाको दसैंअघि नै रङरोगन गर्ने गरी तयारी अगाडि बढाइने बताएका छन् ।

आज मन्त्रालयको पदभारपछि सम्बोधन गर्दै उनले तत्कालका लागि रङरोगन गरिने र त्यसपछि फर्निचरलगायत अत्यावश्यक सामान व्यवस्थापन गर्नुपर्ने बताए । मन्त्री घिसिङले पुनर्निर्माण कार्य अगाडि बढाउन विशेष कोष खडा गर्ने तथा त्यसमा स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई आग्रह गरिने बताए ।

‘गत साता जेनजी आन्दोलनका क्रममा आगजनी भएका संरचनाको पुनर्निर्माण गर्नुपर्ने र त्यसका लागि आर्थिक स्रोत व्यवस्थापन नै अहिलेको मुख्य चुनौती हो । हाम्रो संरचना हामी आफैँ बनाउन सक्छौँ भन्ने सन्देश दिनका लागि पनि विभिन्न सहयोगीसँग आग्रह गर्नेछौँ’, उनले भने, ‘तत्काल पुनर्निर्माणको काम अगाडि बढाउने गरी एक साताभित्र खाका तयार गरेर अगाडि बढ्नेछौँ ।’

मन्त्री घिसिङले भ्रष्टाचार उन्मूलन र सुशासन कायम गर्ने तथा मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नु ठूलो चुनौती रहे पनि तिनको समाधान गर्न सबै लाग्नुपर्ने बताए ।  मन्त्रालयका सचिव गोपाल सिग्देलले पूर्वाधारमा भएको क्षति मूल्याङ्कन गर्ने, पुनर्निर्माणका लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गरिने जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार