हेटौंडा, भदौ ३१ :

नेपाली सेना चढेको ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था सिकिस्त रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, चुरियामाई र बारा जितपुर सिमरा उपमहानगरपालिका–२२, चुरियामाईस्थित पूर्व पश्चिम सडक खण्डमा मङ्गलबार दिउँसो सेना चढेको ट्रक दुर्घटना भएको हो ।

लु. १ ग. २८० नं.को ट्रक सिमानाको पुलबाट अन्दाजी १२ फिट तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घाइतेहरूको  हेटौंडा अस्पताल मकवानपुर उपचार भइरहेको छ।दुर्घटनामा घाइते भएका मध्ये तीनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । सेनाको सो ट्रकमा २२ जना सवार थिए ।