बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार प्रदेश बागमती प्रदेश

नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, तीनको अवस्था चिन्ताजनक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३१ भदौ, २०८२ मा प्रकाशित
नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, तीनको अवस्था चिन्ताजनक
हेटौंडा, भदौ ३१ :

नेपाली सेना चढेको ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था सिकिस्त रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, चुरियामाई र बारा जितपुर सिमरा उपमहानगरपालिका–२२, चुरियामाईस्थित पूर्व पश्चिम सडक खण्डमा मङ्गलबार दिउँसो सेना चढेको ट्रक दुर्घटना भएको हो ।

लु. १ ग. २८० नं.को ट्रक सिमानाको पुलबाट अन्दाजी १२ फिट तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घाइतेहरूको  हेटौंडा अस्पताल मकवानपुर उपचार भइरहेको छ।दुर्घटनामा घाइते भएका मध्ये तीनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । सेनाको सो ट्रकमा २२ जना सवार थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार