मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार प्रदेश बागमती प्रदेश

जेल तोडेर भाग्न खोज्दा सुरक्षाकर्मीको गोली लागेर विभिन्न स्थानमा गरी १० कैदीको मृत्यु [नामसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १ असोज, २०८२ मा प्रकाशित
जेल तोडेर भाग्न खोज्दा सुरक्षाकर्मीको गोली लागेर विभिन्न स्थानमा गरी १० कैदीको मृत्यु [नामसहित]
फाइल तस्बिर ।
काठमाडौं, असोज १ :

जेनजी आन्दोलनको क्रममा जेल तोडेर भाग्न खोज्दा सुरक्षाकर्मीले चलाएको गोली लागेर १० कैदीबन्दीको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाँके, रामेछाप र धादिङस्थित विभिन्न सुधारगृह तथा कारागारहरूबाट भाग्ने प्रयास गर्दा उनीहरू मारिएका हुन्।

बालसुधार गृह नौबस्तामा मृत्यु हुनेहरू:

अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय दिनेश घर्तीमगर,बाँकेका २० वर्षीय समीर थापा, कैलालीका १९ वर्षीय जगत देउवा र दैलेखका २१ वर्षीय भूपेन्द्र खत्रीको जेल तोड्ने प्रयासमा सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका हुन्।

रामेछाप कारागारबाट भाग्ने क्रममा मृत्यु हुनेहरू:

मोरङका ५१ वर्षीय राजकिशोर यादव, धनुषाका ५८ वर्षीय बिरु धोबी र धनुषाकै ४० वर्षीय मनोज महतोको रामेछाप जिल्ला कारागारबाट भाग्ने क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको जनाइएको छ।

धादिङ कारागारमा घटना:
धादिङ कारागार तोड्ने क्रममा सेनाले चलाएको गोली लागेर धादिङको बेनिघाटका ६१ वर्षीय जितबहादुर घले,पूर्व नवलपरासीका ३६ वर्षीय इन्द्रबहादुर डाला
को मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार