सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत #निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत
राजनीति

अन्तरिम सरकारका तीन मन्त्रीद्वारा क्षतिग्रस्त संसद् भवनको अवलोकन

पुनःनिर्माणका लागि सरकार गम्भीर
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १ असोज, २०८२ मा प्रकाशित
अन्तरिम सरकारका तीन मन्त्रीद्वारा क्षतिग्रस्त संसद् भवनको अवलोकन
काठमाडौं, असोज १ :

अन्तरिम सरकारका तीन मन्त्रीले  जेनजी आन्दोलनमा क्षतिग्रस्त बनेको संसद् भवनको अवलोकन गरेका छन्। गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा मन्त्री कुलमान घिसिङ बुधबार संयुक्त रूपमा संसद् भवन पुगेर आगजनी र तोडफोडका कारण पुगेको क्षतिको स्थलगत निरीक्षण गरेका हुन्।

भदौ २३ मा जेन–जीको नेतृत्वमा गरिएको आन्दोलन र त्यसपछि भदौ २४ मा आयोजित प्रदर्शनका क्रममा संसद् भवनमा व्यापक तोडफोड र आगजनी भएको थियो। यस घटनापछि भवन अत्यन्तै क्षतिग्रस्त अवस्थामा पुगेको छ।

मन्त्रीहरूले भवनको संरचनात्मक अवस्था, सुरक्षाको अवस्थिति र सम्भावित पुनःनिर्माणको आवश्यकताबारे प्रारम्भिक जानकारी लिएको जनाइएको छ। उनीहरूले अवलोकनपछि सुरक्षा व्यवस्थाको सुदृढीकरण र पुनःनिर्माणका लागि सरकार गम्भीर रहेको बताएका  छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार