काठमाडौं, असोज २ :

जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुलखानसहित ६ जना केन्द्रीय नेताले राजीनामा दिएका छन् । राजीनामा दिनेमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा शरदसिंह यादव, जनमत युवा संघका संयोजक संजयकुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ संयोजक राजाराम चौधरी, राष्ट्रिय परिषद तथा केन्द्रीय सदस्य विक्रमबहादुर बम छन् । उनीहरूले आजदेखि पार्टी छोडेका घोषणा गरेका छन् । 

बुधबार पार्टी अध्यक्ष सिके राउतलाई राजीनामा दिन उनीहरूले २४ घन्टे अल्टिमेटम दिएका थिए । तर, राउत पार्टी नेतृत्व छाड्न तयार भएनन् । उल्टै उनले राजीनामा माग्नेहरुलाई पार्टीमा बस्न नसक्ने भए छाड्न र नयाँ पार्टी खोल्न सल्लाह सुझाव दिएका थिएका थिए ।