फाइल तस्बिर ।
काठमाडौं, असोज ३ :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनपछि संविधान र राष्ट्रपति संस्था खारेज गर्ने प्रयास भइरहेका बेला आफूले त्यसलाई रोक्न सहजीकरण गरेको बताएका छन्।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले राष्ट्रपति, प्रधानसेनापति र विभिन्न दलका नेतासँग रातभर छलफल गरेर अन्तरिम सरकार गठनमा सहजीकरण गरेको दाबी गरे।
उनले संविधान र राष्ट्रपतिको संस्थामा माओवादीको योगदान रहेकाले जोगाउन पहल गर्नु आफ्नो कर्तव्य भएको बताए।
प्रधानसेनापतिको भूमिकाको प्रशंसा गर्दै उनले आन्दोलनमा घुसपैठ भएको आरोप पनि लगाए। साथै, संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली ल्याउनुपर्ने धारणा राखे।