सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल#नेपाली कांग्रेस#संसदीय समिति गठन गर्न माग#कागेश्वरी मनोहरा नगर अस्पताल#नेपाल आयल निगम#करदाता प्रोत्साहन कार्यक्रम#गौरीशंकर पण्डित#१० लाख रुपैयाँको बम्पर उपहार #काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल#नेपाली कांग्रेस#संसदीय समिति गठन गर्न माग#कागेश्वरी मनोहरा नगर अस्पताल#नेपाल आयल निगम#करदाता प्रोत्साहन कार्यक्रम#गौरीशंकर पण्डित#१० लाख रुपैयाँको बम्पर उपहार
राजनीति

भोटेकोशी बाढी प्रभावितहरुलाई सोही क्षेत्र आसपासमा स्थायी आवास निर्माणको तयारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
भोटेकोशी बाढी प्रभावितहरुलाई सोही क्षेत्र आसपासमा स्थायी आवास निर्माणको तयारी
काठमाडौं, कात्तिक १६ :

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी प्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगोलिक अध्ययन भइरहेको जनाएको छ ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा प्राधिकरणका भूगर्भविद्  डा. प्रकाश पोख्रेलले भोटेकोशी बाढीले पूर्णरुपमा क्षति पुगेका स्याप्रुवेसी, बेत्रावतीदेखि त्रिशुलीसम्मका प्रभावितहरुलाई सोही क्षेत्र आसपासमा स्थायी आवास निर्माणका लागि भौगोलिक अध्ययन गरिरहेको जानकारी दिए ।

उनले बाढीको घटनापछि १६ वटा मोबिलाइजेसन टोली गठन गरी फोकल पर्सनहरू तोकेर खोज, उद्धार, राहत तथा पुनस्थापनाका कार्यहरू भइरहेको बताए । दुई वटा ल्याबमार्फत डिएनए सङ्कलन तथा प्रोफाइल तयार गर्ने काम भइरहेको भन्दै उनले १६ सय शवको डिएनएमध्ये हालसम्म १५० शवको पहिचान भइरहेको जानकारी दिए। एकमहिनाभित्र डिएनएको सवै काम सम्पन्न हुने जानकारी प्राप्त भएको उनको भनाइ छ ।

उनले सडक, पुल र झोलुङ्गे पुलहरूको अस्थायी तथा वैकल्पिक मार्ग निर्माण र प्राविधिक परीक्षणको काम पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा भइरहेको उल्लेख गरे ।   

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार