संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरुले संसद बैठक आह्वान गर्न माग गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको प्रतिपक्षी दलहरुको बैठकले छिटो भन्दा छिटो संसद आह्वान गर्न सभामुखसँग आग्रह गर्ने निर्णय गरेको हो ।
हालै बिचौलियाहरूसँग जोडिएका विषयका साथै न्यायपालिकाको कार्यप्रणाली र प्रेससँग सम्बन्धित संवेदनशील मुद्दाहरूहरुलाई सतहमा छलफल हुनुभन्दा संसदबाट नै निरुपण गर्नुपर्ने भएकाले संसद आह्वानका लागि आग्रह गर्ने निर्णय गरिएको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जानकारी दिए ।
संसद्लाई छलेर अध्यादेशबाट मात्रै सबै कार्यहरू अगाडि बढाइएमा संसद्को गरिमा र अपरिहार्यतामाथि आँच आउने हुनाले संसद्लाई छिटो बोलाएर निष्कर्ष निकाल्नुपर्ने उनले बताए ।
त्यस्तै बैठकले गम्भीर र संवेदनशील विषयहरूको उचित टुङ्गो लगाउन प्रतिपक्ष दलका नेताहरूबीच बैठक बसी साझा धारणा तयार पार्ने र देश तथा जनताको हितका लागि सधैं सहकार्य गर्ने निर्णय भएको आङदेम्बेले बताए ।उनले महाअभियोगबारे रास्वपा स्पष्ट नभएको भन्दै रास्वपाले यस बिषयलाई उठान गरेमा बिपक्षी दलले आवश्यक धारणा बनाउने उल्लेख गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने