शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

जेनजी आक्रमण : देउवाको टाउकोमा १२ टाँका

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३ असोज, २०८२ मा प्रकाशित
जेनजी आक्रमण : देउवाको टाउकोमा १२ टाँका
काठमाडौं, असोज ३ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बुढानीलकण्ठमा आक्रमणमा परेका देउवाको टाउकोमा गम्भीर चोट लागेको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन्।

शुक्रबार पार्टीको कार्यसम्पादन समिति बैठकपछि बोल्दै विश्वकर्माले भने, ‘सभापति देउवा र केन्द्रीय सदस्य आरजु देउवा सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ। उहाँको गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको छ, जहाँ १२ वटा टाँका लगाइएको छ। अहिले स्वास्थ्यमा सुधार हुँदैछ।’

चिकित्सकहरूका अनुसार धारिलो हतियार प्रहारबाट देउवाको टाउकोमा चोट लागेको हो। तर, कसले कस्तो हतियार प्रयोग गरेर हमला गर्‍यो भन्ने कुरा अझै खुल्न नसकेको विश्वकर्माले बताए।

जेनजी आन्दोलन हिंसात्मक बन्दै जाँदा आन्दोलनकारीहरूले देउवाको निजी निवासमा आगजनी र तोडफोड गरेका थिए। सो क्रममा घरमै रहेका देउवा दम्पतीमाथि हातपात र कुटपिट भएको थियो। आक्रमणपछि दुबै जना गम्भीर रूपमा घाइते भई रगताम्य भएका थिए।

नेपाली कांग्रेसले सभापति देउवा र उनकी पत्नीमाथि भएको आक्रमणलाई अमानवीय र बर्बर भन्दै कडा शब्दमा निन्दा गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार