काठमाडौं, असोज ३ :

 संविधान दिवसको अवसरमा राष्ट्रपति भवन शीतलनिवासमा विशेष कार्यक्रम गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले चियापान कार्यक्रम  आयोजनामा गरेका हुन् ।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, विघटित प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत उपस्थित भए।

यसैगरी पूर्वराष्ट्रपतिहरू डा. रामवरण यादव, विद्यादेवी भण्डारी र जेनजीका नेताहरु रक्षा बम, सुदन गुरुङ, युजन राजभण्डारीहरू पनि कार्यक्रममा सहभागी भए।

यसैगरी पूर्वप्रधानमन्त्रीहरू  झलनाथ खनाल, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई, कांग्रेस नेता डा. शेखर कोइराला, एमाले नेता योगेश भट्टराई, रास्वपा नेता सन्तोष परियार लगायत विभिन्न देशका राजदूतहरू पनि शीतलनिवास पुगे।

सो  कार्यक्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा र अर्का पूर्वप्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा भने गएनन् । ओली गुन्डुमै बसिरहे गएनन् तर देउवा भने जेनजीको आक्रमणमा परेर घाइते भएकाले अझै स्वास्थ्यकर्मीको निगरानीमै छन् ।