
काठमाडौं, असोज ६ :
सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना यस पटक विस्तारित मन्त्रीहरुको शपथ ग्रहण समारोहमा उपस्थित भए । पहिलो पटक मन्त्रिपरिषद् विस्तार हुँदाको शपथ ग्रहण समारोहमा दुवैजना उपस्थित थिएनन्।
अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्की र तीन मन्त्रीको शपथ ग्रहण हुँदा नगएका दुवैजना आज भने शीतल निवास पुगेका थिए । जेनजी आन्दोलनका क्रममा संसद् भवनलगायत त ध्वस्त भयो नै प्रतिनिधिसभा समेत विघटन गरिएकोमा सभामुखलाई चित्त बुझेको थिएन । त्यही भएर नै उनीहरु दुवैजना सुरुका दिनमा नगएको अनुमान गर्न सकिन्छ ।