बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

देशका प्रमुख १० सहरमा फ्रि–वाईफाई उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको निर्णय

पाँच महिना कुरौं
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ६ असोज, २०८२ मा प्रकाशित
देशका प्रमुख १० सहरमा फ्रि–वाईफाई उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको निर्णय
काठमाडौं, असोज ६ :

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र फ्रि–वाईफाई उपलब्ध गराउने पहिलो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार