काठमाडौं, असोज ६ :
नवनियुक्त शिक्षामन्त्री महावीर पुनले आफूले साधारण जीवनशैली अपनाउने बताएका छन्। पदबहालपछि उनले मन्त्रीको हैसियतमा कुनै विशेष सुविधा नचाहिने स्पष्ट पारेका छन्।
पुनले भने, ‘म जहाँ काम गर्छु, त्यहीँ बस्ने बानी परेको मान्छे हुँ। मलाई मन्त्री क्वाटर चाहिन्न, मन्त्रालयमै एउटा कोठा देऊ, त्यहीँ बस्छु। एउटा कुर्सी होस्, सानो भान्सा होस् – म आफैं पकाएर खान्छु।’
शिक्षामन्त्री पुनद्वारा विज्ञान प्रविधिसँग सम्बन्धित चारवटा सल्लाहकार समिति गठन
उनले सुरक्षाकर्मी पनि नचाहिने बताए। ‘मलाई सुरक्षाको लागि पुलिस र आर्मीको साथ आवश्यक छैन,’ उनले भने, ‘मैले उनीहरुलाई भनेको छु – म मन्त्रालयमै बस्छु, यहाँ रहँदा आउनुहोस्, तर बाहिर जाँदा पछिपछि नआउनुस्।’ पुनले मन्त्री बन्नु अघि आविष्कार केन्द्रबाट राजीनामा दिएको जानकारी पनि दिए।