बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति

दुर्गा प्रसाईं भन्छन्- देश एनजीओ र आईएनजीओको कब्जामा गयो

हामीले एउटा सोचेका थियौँ, भइदियो अर्कै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ७ असोज, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईं भन्छन्- देश एनजीओ र आईएनजीओको कब्जामा गयो
काठमाडौं, असोज ७ :

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश एनजीओ-आईएनजीओको कब्जामा गएको बताएका छन् । 

भक्तपुरस्थित निवासमै मंगलबार पत्रकार सम्मेलन गरेर प्रसाईंले देशलाई बार्बरा फाउन्डेसन र समता फाउन्डेसनसहितका संस्थाले कब्जा गरेको जिकिर गरे ।

उनले जेन-जीको आन्दोलनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र ‘हामी नेपाल’का सुदन गुरुङहरूले हाइज्याक गरेको प्रसाईंले बताए ।

उनले  प्रधानमन्त्री सुशीला कार्कीदेखि अहिलेको मन्त्रिमण्डमा रहेका ऊर्जामन्त्री कुलमान घिसिङ, कृषिमन्त्री मदन परियार र सञ्चारमन्त्री जगदीश खरेलको पनि आलोचन गरे ।

उनले भने, ‘हामीले एउटा सोचेका थियौँ, भइदियो अर्कै, यो देशमा नर्सिङ कलेज खोल्नु हुँदैन भन्ने अहिलेकै प्रधानमन्त्री हुन् ।’

जेनजीबाट खोसेर अहिले एनजीओ-आईएनजीओले देश चलाउन थालेको भन्दै प्रसाईंले सबै सजक हुनुपर्ने बताए ।

‘हामीले व्यवस्था परिवर्तनका लागि यत्रो आन्दोलन गर्‍यौँ’, उनले भने, ‘अवस्था झन् पहिले भन्दा पनि बिग्रियो ।’

संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालत जस्ता राज्यका प्रमुख प्रशासनिक भवनमा आगजनी गर्न  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उस्काएको प्रसाईंले आरोप लगाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार