बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति

प्राधिकरणका कार्यकारी निर्देशक सिलवालले भने– जुन दिन काम गर्न सक्दिन, त्यो दिन छाडेर जान्छु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ७ असोज, २०८२ मा प्रकाशित
प्राधिकरणका कार्यकारी निर्देशक सिलवालले भने– जुन दिन काम गर्न सक्दिन, त्यो दिन छाडेर जान्छु
काठमाडौं, असोज ७ :

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले आफूले काम गर्न नसक्ने दिन प्राधिकरण छाड्ने स्पष्ट घोषणा गरेका छन्।

‘जुन दिन काम गर्न सक्दिनँ, त्यो दिन छाडेर जान्छु,’ मंगलबार पदभार ग्रहणपछि आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘म लोकसेवा लडेर आएको होइन, यो राजनीतिक नियुक्ति हो भन्ने बुझेकै छु। अर्को सरकार आएर छाड भनेको दिन पनि म छाड्छु।’

उनले काम गर्ने अवधि तय नभए पनि जति दिन छन्, इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘सधैं म बस्छु भनेर आएको होइन,’ उनले थपे।

सिलवालले आफू डराएर होइन, भिडेर काम गर्ने मान्यता राख्ने बताए। ‘जे जस्तो चुनौती आउँछ, म पार गर्छु। चुनौतीसँग डराउने होइन, भिड्ने हो,’ भन्दै उनले १२ हजार कर्मचारी र चारवटा ट्रेड युनियनको साथ रहेको उल्लेख गरे।

उनले सरकार र तालुकदार मन्त्रालयबाट सहयोग पाउने विश्वास व्यक्त गरे।कार्यालमा आफ्नो फोटो नटाँस्न पनि उनले कर्मचारीलाई आग्रह गरे। ‘मैले राम्रो काम गरेँ भने फोटो टाँस्नुहोला, नत्र पर्दैन,’ उनले भने। कार्यक्रममा बोल्दै सिलवालले यस्तो परिस्थिति फेरि नआउने आशा व्यक्त गर्दै आफूले पाएको अवसरलाई सदुपयोग गर्ने उल्लेख गरे। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार