सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
अर्थतन्त्र कर्पोरेट

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख २३ हजार पुग्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ८ असोज, २०८२ मा प्रकाशित
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख २३ हजार पुग्यो
काठमाडौं, असोज ८ :

आज नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला २ लाख २३ हजार रुपियाँ तोकिएको छ।

गत मंगलबार प्रतितोला २ लाख २१ हजार रुपियाँमा कारोबार भएको छापावाल सुन आज २ हजार रुपियाँले बढेको हो।

यसैगरी, तेजाबी सुन प्रतितोला २ लाख २२ हजार ३०० रुपियाँ कायम गरिएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मजबुती, कच्चा तेलको मूल्यवृद्धि र भूराजनीतिक तनावका कारण लगानीकर्ताहरू सुरक्षित मुद्राको रूपमा सुनतर्फ आकर्षित हुँदा मूल्य निरन्तर बढिरहेको विश्लेषकहरूले बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार