काठमाडौं, असोज १० :

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका घाइतेहरुलाई भेटेका छन् । आज बिहान टिचिङ अस्पतालमा पुगेर उनले त्यहाँ उपचार गराइरहेका घाइतेहरुलाई भेटेर  स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् । 

जेनजी आन्दोलनमा प्रहरीले गोली चलाउँदा थुप्रै घाइते भएका छन् । केही घर फर्केका छन् भने केही अझै अस्पतालको बेडमा छटपटी रहेका छन् । सञ्चारकर्मी खरेल आन्दोलनकै बलमा मन्त्री बनेका हुन् । उनले जेनजी आन्दोलनको भावना विपरीत आफू नजाने बताएका छन् । जेनजी आन्दोलनका क्रममा ७४ जनाले ज्यान गुमाएका छन् ।