बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

सञ्चारमन्त्री खरेलले टिचिङ अस्पताल पुगेर जेनजी आन्दोलनका घाइतेलाई भेटे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १० असोज, २०८२ मा प्रकाशित
सञ्चारमन्त्री खरेलले टिचिङ अस्पताल पुगेर जेनजी आन्दोलनका घाइतेलाई भेटे
काठमाडौं, असोज १० :

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका घाइतेहरुलाई भेटेका छन् । आज बिहान टिचिङ अस्पतालमा पुगेर उनले त्यहाँ उपचार गराइरहेका घाइतेहरुलाई भेटेर  स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् । 

जेनजी आन्दोलनमा प्रहरीले गोली चलाउँदा थुप्रै घाइते भएका छन् । केही घर फर्केका छन् भने केही अझै अस्पतालको बेडमा छटपटी रहेका छन् । सञ्चारकर्मी खरेल आन्दोलनकै बलमा मन्त्री बनेका हुन् । उनले जेनजी आन्दोलनको भावना विपरीत आफू नजाने बताएका छन् । जेनजी आन्दोलनका क्रममा ७४ जनाले ज्यान गुमाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार