
काठमाडौं, असोज १० :
अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष शर्माले शपथ लिएका हुन् । मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त भएका थिए । शर्माले आजै कार्यभार सम्हालेका छन् ।
शरद ओझाको मुद्दा किनारा नलाग्दै बीमा प्राधिकरणको अध्यक्षमा शर्माले शपथ लिएर काम थालेका छन् ।
सर्वोच्च अदालतको आदेशविपरीत अर्थ मन्त्रालयले ओझालाई कार्यालय जान रोकेको थियो । अदालतले ओझाको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि प्राधिकरणमा हाजिर हुन गएका थिए । तर ओझाले हाजिर गरेलगत्तै हाजिर किन गरेको भन्दै अर्थमन्त्रालयले पत्र लेखेका थियो । सरकारले अदालतको आदेशलाई समेत लत्याएको छ ।