
काठमाडौं, असोज १० :
सरकारले राजनीतिक तथा प्रशासनिक पूर्वपदाधिकारीको सुविधा खोसेको छ । अर्थमन्त्री रामेश्वर खनालले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री लगायतको सुविधा रोक्न शुक्रबार गृह र रक्षा मन्त्रालयलाई पत्र पठाए छन्।
अर्थ मन्त्रालयको पत्रअनुसार भीआइपीको सवारीसाधन,जिन्सी सामान, सहयोगी अन्य सेवा सुविधा स्थगन गर्न र सुरक्षाकर्मी फिर्ता गराइने भएको छ। सेना र प्रहरीका अवकाशप्राप्त हाकिमका घरमा काम गर्न बाध्य पारिएका सुरक्षाकर्मी पनि फिर्ता हुने भएका छन्।
अघिल्ला सरकारहरुले भिआइपीका नाममा मन्त्रिपरिषद्बाट निर्णय गराएर जथाभावीरुपमा सुविधा उपभोग गर्दै आएका थिए । खर्च कटौती गर्ने अर्थमन्त्री खनालले यो प्रस्तावलाई मन्त्रिपरिषद्को असोज ५ गतेको बैठकले निर्णय गरिसकेको छ ।