
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटी ललितपुर प्रहरी परिसरको प्रमुखमा सरुवा भएका छन् । बोगटी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट सरुवा भई ललितपुर आएका हुन्।
नयाँ जिम्मेवारी सम्हालेपछि एसएसपी बोगटीले जिल्लामा शान्ति–सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नेपाल प्रहरी सदैव जनताको सेवामा समर्पित रहेको बताउँदै ललितपुरलाई अझ सुरक्षित र अपराधमुक्त बनाउने दिशामा काम गर्ने बताए।
उनको सरुवासँगै जिल्ला प्रहरी परिसरमा आयोजित स्वागत समारोहमा प्रहरी अधिकारीहरूले बोगटीको नेतृत्व र अनुभवले ललितपुरको सुरक्षामा थप सुदृढता आउने विश्वास व्यक्त गरेका थिए।
एसएसपी बोगटीलाई सुरक्षा व्यवस्थापन तथा अनुसन्धानको क्षेत्रमा अनुभवी अधिकारीका रूपमा चिनिन्छ। सीआईबीमा कार्यरत रहँदा उनले विभिन्न गम्भीर अपराध अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका थिए।उनको आगमनसँगै ललितपुरमा शान्ति सुरक्षा व्यवस्था अझ सुदृढ हुने अपेक्षा गरिएको छ।