
काठमाडौं, असोज १४ :
राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकामा रहेका महत्वपूर्ण शक्तिपीठ मध्येको नक्साल भगवतीको दर्शन गरेका छन् । महाअष्टमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले काठमाडौंको नक्साल भगवतीमा प्रथम महिला सविता पौडेलसहित पुगेर दर्शन गरेका हुन् ।
यो पटक नक्साल भगवतीको मात्र दर्शन गरेको र अन्य शक्तिपीठमा भेटी पठाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।अघिल्ला वर्षमा शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी ईन्द्रयणी पुगेर पूजा आराधना र दर्शन गर्ने गरेका थिए ।दसैँका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ