काठमाडौं, असोज १४ :

रोमानियाको एक होटलमा भएको भीषण आगलागीमा परी दुई नेपाली युवतीको ज्यान गएको छ। घटना रोमानियाको प्रहोभा सहरमा रहेको होटल डाले मा सोमबार राति भएको हो।

बुखारेष्टबाट करिब ५२ किलोमिटर टाढा पर्ने उक्त सहरमा रहेको होटलमा आगलागी हुँदा दुई नेपाली महिलाको घटनास्थलमै मृत्यु भएको हो। उनीहरू सोही होटलमा काम गर्दै आएका थिए।

आगलागीमा परी घाइते भएका अर्का एक नेपाली महिलाको उपचार भइरहेको छ भने बाहिर सुतेका एक जना नेपाली सकुशल रहेको जनाइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार होटलमा अग्नि सुरक्षा मापदण्ड नपुगेको भन्दै प्रशासनले एक हप्ता अघिमात्रै होटल बन्द गर्न निर्देशन दिएको थियो। तर होटल संचालनमा रहँदै आएको पुष्टि भएको छ।