आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
खेलकुद क्रिकेट

राष्ट्रिय क्रिकेट टिमलाई २० लाख रुपियाँ दिने डा. सुनिलकुमार शर्माको घोषणा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १४ असोज, २०८२ मा प्रकाशित
राष्ट्रिय क्रिकेट टिमलाई २० लाख रुपियाँ दिने डा. सुनिलकुमार शर्माको घोषणा
काठमाडौं, असोज १४ :

नेपाली कांग्रेसका नेता मोरङ ३ का  निवर्तमान सांसद डा. सुनिलकुमार शर्माले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई २० लाख रुपियाँ दिने  घोषणा गरेका छन्।

मङ्गलबार बेलुकी यूएईमा हुने खेलको अन्त्यमा २० लाख रुपियाँको चेक मैदानमै हस्तान्तरण गर्ने कार्यक्रम तय भएको  डाक्टर शर्माले जानकारी दिए ।

दुई पटकको विश्व विजेता तथा टेस्ट मान्यता प्राप्त राष्ट्र वेस्ट इन्डिजलाई नेपालले जितेको अवसरमा डा. शर्माले नेपाली क्रिकेट टिमको सम्मानमा उक्त रकम दिने  निर्णय गरेका हुन् ।

सोमबार भएको नेपाल–वेस्ट इन्डिजको खेलमा खेल हेर्न डा. शर्मा  युएईको  सारजाँ क्रिकेट रङ्गशाला पुगेका थिए ।

नेपालले यूएईमा जारी नेपाल–वेस्ट इन्डिज टी–२० सिरिजमा शानदार प्रर्दशन गर्दै एक खेल अगावै युनिटी कपको सिरिज जितिसकेको छ । आज हुने अन्तिम खेल पनि नेपालले जितेमा सिरिज क्लिन स्विप गर्दै अर्को इतिहास रच्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार